नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ । प्रतितोला १००० रुपैयाँ बढेसँगै सुनको छापावाल मूल्य ९६ हजार १०० रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।
हिजो एकै दिन प्रतितोला १६ सय रुपैयाँले घटेको सुनको मूल्य आज फेरि १००० रुपैयाँले बढेको हो । हिजो बुधवार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ थियो ।
आज चाँदीको मूल्य पनि उकालो लागेको छ । महासङ्घका अनुसार चाँदीको प्रतितोला मूल्य १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँ पुगेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP