आफ्नै घडेरीमा ल्याएको गेग्रान लोड टिपरको ठक्करबाट महिलाको मृत्यु

फाल्गुन ५, २०७८

घडेरी बनाउन जग्गामा गेग्रान हाल्ने टिपरको ठक्करबाट एक महिलाको बिहीबार मृत्यु भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका-१ को देवीस्थानमा गेग्रान हाल्ने टिपरको पछाडिको भागले ठक्कर दिँदा ४५ वर्षीय टिकाराम शिवभक्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


आफ्नै घडेरीमा ल्याएको गेग्रान लोड टिपरको पछाडि भागले ठक्कर दिँदा शिवभक्तीको मृत्यु भएको सिन्धुली प्रहरीका डिएसपी मनोजकुमार लामाले बताए ।


प्र ३–०१–००३ क ५२५८ नम्बरको टिपरको ठक्करबाट टाउकोमा चोट लागी गम्भीर भएकी शिवभक्तीको धुलिखेल अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । टिपर र चालकलाई नियन्त्रणमा लिइएको डिएसपी लामाले जानकारी दिएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP