उत्तर प्रदेशको कुशीनगरमा इनारमा राखिएको स्ल्याब भाँचिएर १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महिला र बालिका रहेका छन् । कुशीनगरको नौरङ्गियामा विवाह समारोहमा लागि भेला भएका उनीहरू इनारमा राखिएको स्ल्याबमा बसेका थिए । स्ल्याब भाँचिएर सबै इनारमा खसेका थिए । उक्त घटनामा मृत्यु हुनेमा दुई महिला र ११ बालिका रहेका गोरखपुर रेन्जका एडीजी अखिल कुमारले बताएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दुई-दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् भने घाइतेलाई ५०–५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
राति करिब ८/३० बजे भएको उक्त घटनामा रातको अन्धकारले उद्धार र राहत कार्यमा कठिनाइ भएका कारण उनीहरूको ज्यान बचाउन नसकिएको स्थानीयले बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP