एचआइभी (ह्युमन इम्युनो डेफिसिएन्सी भाइरस) लाई कहिल्यै निको नहुने रोग मान्दै आइएको छ । विकसित देशहरूमा यसको उपचार हुन सक्ने अनुमान गर्दै आएका छन् । हालै अमेरिकाका वैज्ञानिकहरूले एचआइभीसँग जुधिरहेकी महिलालाई यो रोगबाट मुक्त गराएका छन् ।
वैज्ञानिकले नयाँ कोशिकाहरू प्रत्यारोपण गरेर एचआइभी सङ्क्रमितको उपचार गरिएको हो । यो प्रक्रियामा डोनरले गर्भनालको रगत प्रयोग गरिएको थियो । उक्त रगतले स्टेम सेलहरू (स्टेम सेल एचआइभी सङ्क्रमितको शरीरमा मरेका कोशिकाहरूलाई पुनर्जीवित गराउन मद्दत गर्छ ।) निकालिएको थियो । यसरी सङ्क्रमित महिलाको उपचार भयो । यसअघि दुई जना पुरुष पनि यो रोगबाट निको भएका थिए ।
यो उपचार क्यान्सरका रोगी वा कुनै पनि उपचार गर्न नमिल्ने रोगीलाई गर्ने गरिन्छ । उपचारबाट अमेरिकामा हरेक वर्ष ५० जना एचआइभी सङ्क्रमित निको हुन सक्ने प्रक्षेपण गरिएको छ । महिलाको उपचारमा संलग्न डा.कोएन वेन बेसिनले नयाँ स्टेम सेल ट्रान्सप्लान्टको मद्दतबाट अमेरिकामा हरेक वर्ष ५० जना सङ्क्रमित निको हुन सक्ने बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP