धरानमा मानिसको टाउको र दाहिने खुट्टा राखिएको जेब्रा भेटियो

फाल्गुन ५, २०७८

धरान–धनकुटा लोक मार्गमा पर्ने निसाने जङ्गलमा हत्या गरेर फालिएको जेब्रा झोलामा मानिसको टाउको र दाहिने खुट्टा भेटिएको छ । धरान उपमहानगरपालिका–४ मा दाउरा काट्न जङ्गल गएका स्थानीयले दुर्गन्ध फैलिए पश्चात् खोजीनिती गर्दा जेब्रा झोलामा मानिसको टाउको र खुट्टा भेटिएका हो । 


उक्त घटनाको जानकारी पाउना साथ तत्काल इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी परिचालन गरिएको डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । उनले टाउको र खुट्टा शल्य परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जानकारी दिएका छन् । टाउकोमा दाह्री पलाएकाले खसआर्य समुदायको मानिसको हत्या भएको अनुमान गर्न सकिने उनको भनाई छ । 


हत्या गरिएका मानिसको पहिचानका लागि छिमेकी जिल्लाका प्रहरी कार्यालयहरूलाई पत्राचार गरिएको डिएसपी कुँवरले बताएका छन् । उनले घरबाट कोही हराइरहेको भए तत्काल इलाका प्रहरी कार्यालय धरानमा परिवारका सदस्यलाई सम्पर्कमा आउनसमेत आग्रह गरेका छन् । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको डिएसपी नरेन्द्र कुँवरले जानकारी दिएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP