महोत्तरीमा एम्बुलेन्सले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु

फाल्गुन ५, २०७८

महोत्तरीको गौशाला नगरपालिका-१ रामनगरमा एम्बुलेन्सले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको छ । सम्सीमाईस्थान सडक अन्तर्गत रामनगरमा गए राति स १ च १३९३ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा गौशाला नगरपालिका-११ भरतपुरका ३५ वर्षीय तेजनारायण महतोको मृत्यु भएको हो । 


रातिको समयमा गौशालाबाट रामनगरतर्फ जाँदै गरेको समयमा पछाडिबाट आएको एम्बुलेन्सले ठक्कर दिँदा महतो घाइते भएका थिए । गम्भीर अवस्थामा रहेको महतोलाई तत्काल उपचारको लागि जनकपुर लाने क्रममा उनको बाटोमा नै मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए । 


ठक्कर दिने एम्बुलेन्स चालक सर्लाही वरहथवा नगरपालिका-९ का ३४ वर्षीय रामविहारी महतो प्रहरीको नियन्त्रणमा रहेको डिएसपी विष्टले जानकारी दिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP