ब्राजिलमा पहिरोको कारण कम्तीमा ९४ जनाको मृत्यु

फाल्गुन ५, २०७८

ब्राजिलमा पहिरो तथा भलबाढीका कारण कम्तीमा ९४ जनाको मृत्यु भएको छ । ब्राजिलको पेत्रोपोलिसमा पहिरो तथा भलबाढीले ठूलो क्षति गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रियो दी जेनेरियोको उत्तरी क्षेत्रको पहाडी इलाकामा पर्ने पेत्रोपोलिस बजार पहिरोका कारण प्रभावित भएको छ ।


मुसलधारे वर्षाका कारण सो क्षेत्रमा पहिरो तथा भलबाढी आएको स्थानीय अधिकारीले बताएका छन् । पहाडी बजारका घरहरु पहिरोले बगाएको तथा बाढीको भेलले सडकमा रहेका कारहरु सँगै लगेको थियो । पेत्रोपोलिस सहरका मेयरले आपतकालीन अवस्था घोषणा गरेका छन् । पहिरो तथा बाढीको लेदोमा पुरिएकाहरुको खोजी तथा उद्धारको काम जारी रहेको छ । २४ जनाको जीवितै उद्धार गरिएको ब्राजिलको नेशनल सिभिल डिफेन्सले जनाएको छ ।


खोजी तथा उद्धारका लागि १८० जनाभन्दा बढी सैनिक रहेको विशेष टोली बनाइएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP