इटहरी उपमहानगरपालिकाले फाल्गुन ४ गते बुधवार सार्वजनिक शौचालयको विषयमा प्रेस विज्ञप्ति निकालेको छ । लामो समयपछि जनताको माग र सामाजिक सञ्जालमा पनि सार्वजनिक शौचालय नभएको विषयमा चर्चा चल्न थालेपछि इटहरी उपमहानगरपालिका को ध्यानाकर्षण भएको हो । इटहरी चोकमा सार्वजनिक जग्गा नभएको र व्यक्तिगत जग्गा पालीकालाई बिक्री नगरेका कारण इटहरी उपमहानगरपालिकाको कार्यालयको मुख्य गेट छेउमा सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय भएको इटहरीका मेयर द्वारिकालाल चौधरीले बताएका हुन् । उक्त कार्य २०७७ जेठमा सक्नु पर्ने सम्झौता भएको थियो तर कोभिडका कारण २०७९ असार २५ गते सम्ममा निर्माण कार्य सम्पन्न गर्ने अङ्कित कन्स्ट्रक्सन सँग सम्झौता भएको हो । उक्त शौचालय एकै पटक २० जनाले प्रयोग गर्न सकिने बताइएको छ । यस निर्माण कार्य सम्पन्न गर्न रु. ६९,११,०४८ बजेट छुट्ट्याइएको हो ।
प्रेस विज्ञप्ति……
इटहरी चोकमा सार्वजनिक शौचालय नभएका कारण जनताले बर्षाै देखी सास्ती भोग्दै आएका छन् । सरकारले चोक चोकमा सार्वजनिक शौचालय बनाउने भनेर बर्षाै अघि भनिएता पनि अहिले चोकमा आएका सर्वसाधारणलाई शौचालय जानु परे होटेलमा जानु पर्ने, त्या रहेका व्यवसायीलाई कृपया शौचालय जान पाउँ भन्नु पर्ने साथै कोही चीने जानेको मान्छेकोमा जानु पर्ने समस्या वर्षौ देखी भोग्दै आएका छन् ।
निर्माणाधीन शौचालय,
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP