बुधवारको संसद् बैठकमा एमसीसी अनुमोदन प्रस्ताव पेस नगर्ने सहमति

फाल्गुन ४, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच बुधवार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस नगर्ने सहमति भएको छ । अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) १६ फागुनभित्र अनुमोदन गरिसक्न अमेरिकाले दबाब दिइरहेका बेला बुधवारको बैठकमा सो प्रस्ताव पेस गर्ने तयारी गरेको थियो । 


तर, एमसीसी सम्झौता अनुमोदन प्रस्ताव राष्ट्रिय सहमतिविना सदन बैठकमा पेस गरिए सरकारबाट बाहिरिने माओवादी केन्द्रको बैठकले निर्णय गरेपछि गठबन्धनका शीर्ष दुई नेताबिच सो सहमति भएको हो । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबिचको छलफलमा बुधवारको संसद् बैठकमा एमसीसी अनुमोदन प्रस्ताव पेस नगर्ने सहमति भएको प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP