रुपन्देहीको बुटवलमा बन्द गराउँदै हिँडेका ९ जना बन्दकर्ता पक्राउ परेका छन् । मोर्चामा सहभागी नेता, कार्यकर्ता पक्राउ परेको विप्लव नेतृत्वको नेकपाले जनाएको छ । नेपाल बन्द गर्न आव्हान गर्ने क्रममा नेकपा रुपन्देहीका जिल्ला सदस्य नवीन थारु, युवाका संयोजक सन्तोष सुवेदीसहित ९ जना गिरफ्तार भएका छन् । थारु सहित , युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारुलगायतलाई प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी नेकपा क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदी, प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शशि विक, तुलराज विक लगायत नेता कार्यकर्तालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
मुख्य राजमार्गहरू बिहानैदेखि सुनसान छन् । सडकमा सुरक्षाकर्मी बाक्लै परिचालन गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले जानकारी दिएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP