काठमाडौँमा बन्दको प्रभाव सामान्य, सुरक्षाकर्मीको सङ्ख्या भने धेरै 

फाल्गुन ४, २०७८

एमसीसीको विरोधमा रहेका ५ दल र एउटा मोर्चा सङ्गठनले गरेको नेपाल बन्दको प्रभाव काठमाडौँ सामान्य रहेको छ । सवारी साधनहरू निर्बाध चलिरहेका छन् । बन्धकर्ताले गर्न सक्ने गतिविधिलाई रोक्न बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

उपत्यका विभिन्न स्थानबाट बन्द गराउँदै हिँडेका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ । एमसिसिको विरोधमा बन्द गराउन कोटेश्वर चोकमा पेट्रोल छर्केर ट्याक्सी जलाउन खोज्ने एक जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।


बन्द गराउनेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सिपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल पार्टी रहेका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP