चारवटा मूर्ति सहित दुईजना पुरुष पक्राउ

फाल्गुन ३, २०७८

चार वटा ढलोटको मूर्ति बोकेर हिँडिरहँदा दुईजना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार काठमाडौँको स्वयम्भूबाट तीनवटा गणेशको मूर्ति र एउटा बुद्धको मूर्ति साथमा लिएर हिँडिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । 


पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका १८ वर्षीय सुदीप नेपाली र रसुवाका १८ वर्षीय रमेश बागदास छन् । ज्याकेटभित्र मूर्ति लुकाएर हिँडिरहेको अवस्थामा पक्राउ परेका र उनीहरूमाथि थप अनुसन्धान भइरहेको मैनालीले बताएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP