डडेलधुरामा मादक पदार्थ सेवनपछि उत्पन्न विवादका क्रममा कुटपिट गरी एक जना युवकको हत्या गरिएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका-३ का ३५ वर्षीय वसन्त सिजापतिको कुटपिट गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । सिजापतिको हत्यामा संलग्न भएको आरोपमा आशिष बराल, आलीताल गाउँपालिका-८ बस्ने अन्दाजी १८ वर्षीय पूजन लोहनी र परशुराम नगरपालिका–१२ बस्ने अटो रिक्सा चालक तेजबहादुर बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) देवेन्द्रबहादुर पालले जानकारी दिए ।
सोधपुछका क्रममा उनीहरू तीनै जनाले मदिरा सेवन गरेपछि सिजापतिसँग विवाद हुँदा कुटपिट गरेको बयान दिएका छन् । पक्राउ परेका उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP