नेपाली काँग्रेस संसदीय दलको बैठकले अमेरिकी सहयोग परियोजना एमसिसी पारित गर्ने निष्कर्ष निकालेको छ । मङ्गलवार संसद् भवनमा बसेको बैठकले एमसिसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको हो । काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले बैठकमा एमसिसी पारित गर्नुपर्ने विषयमा ब्रिफिङ गरेका थिए ।
सञ्चारकर्मीसित कुराकानी गर्दै सांसद कोइरालाले सभापति देउवाले एमसिसी पास गर्नुपर्ने ब्रिफिङ गरेको बताए । एमसिसी सम्झौता नेपालको हितमा रहेको भन्दै त्यसलाई पास गर्नुको विकल्प नरहेको बैठकमा देउवाको भनाइ रहेको थियो । बैठकमा एमसिसी पास गर्नेबारे छलफल भयो । सबैले एमसिसी पास गरौँ भन्नुभएको छ, उनले भने, एमसिसी चलेका देशमा सेना आएका छैनन् । सबै जसोको धारणा पास गर्नुपर्छ भन्ने छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP