आज (मङ्गलवार) सुनको मूल्य १२ सय रुपैयाँले ह्वात्तै बढ्यो

फाल्गुन ३, २०७८

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजोको तुलनामा आज (मङ्गलवार) छापावाला सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेर ९६ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा १२ सय रुपैयाँले नै बढ्दै ९६ हजार २०० रुपैयाँ पुगेको छ ।


त्यस्तै चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले वृद्धि हुँदै मङ्गलवार एक हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP