दाङमा ट्रिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ । उक्त ठक्कर बाट आक्रोशित स्थानीयहरूले पूर्व–पश्चिम राजमार्ग ठप्प पारेका छन् । टिपरको ठक्करबाट राप्ती गाउँपालिका–१ की ३५ वर्षीय डीला पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । दाङ प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नं.१ को पाखापानीमा आज मङ्गलवार बिहान रा १ ख १२८६ नम्बरको टिपरले ती महिलालाई ठक्कर दिएको थियो ।
मृतक पौडेल साइकलमा दूध बेच्न भालुवाङ बजार जाँदै गर्दा ठक्कर दिएको र उक्त ठक्करका कारण पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । घटनापछि आक्रोशित मृतकका आफन्त र स्थानीयहरूले पूर्व–पश्चिम राजमार्गको उक्त खण्डमा अवरोध गरेका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP