कोभिड १९ विरुद्धको हराएको भनिएको २४ लाख डोज खोप अनुगमनको लागि गठित समितिले प्रतिवेदन बुझाएको छ । २४ लाख डोज खोपको रेकर्ड सरकारी तथ्याङ्कमा नरहेको विषयमा छानबिन गर्न स्वास्थ्य मन्त्रालयले एक साताअघि समिति बनाएको थियो । उक्त समितिले सोमबार स्वास्थ्य मन्त्री विरोध खतिवडासमक्ष प्रतिवेदन बुझाएको हो । स्वास्थ्य मन्त्रालयका विशेषज्ञ चिकित्सक डा.गुणराज लोहनी संयोजकत्वमा रहेको समितिले बुझाएको प्रतिवेदनमा छानबिन समितिले विवरण अद्यावधिक गर्न बाँकी रहेकाले तथ्याङ्क फरक देखिएको निष्कर्ष निकालेको बताइएको छ ।
पत्रकार सम्मेलन गरी उक्त प्रतिवेदन सार्वजनिक गर्ने बताइएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP