तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

फाल्गुन ३, २०७८

बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा २ युवाको जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

मोटरसाइकलमा पछाडि सवार रुपन्देहीका गैडहवा गाउँपालिका ९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाउँका २० वर्षीय राहुल थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

तीन जना चढेको लु ६० ३६५२ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका–१२ मिलन चोकमा बिहान अनियन्त्रित भएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीका २१ वर्षीय विमल रानाको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP