तेह्रथुमको म्याङ्लुङ बजारमा भयङ्कर आगलागी

दिप खबर
फाल्गुन ३, २०७८

तेह्रथुमको म्याङ्लुङ बजारमा मङ्गलवार बिहान करिब ५:२० तिर आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।  शिवकुमार पाङगेन्हाङ लिम्बुको घरमा बिहान अचानक लागेको आगोले घर पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । आगलागीले मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।


आगोले घरमा डेरा बस्ने म्याङ्लुङ नगरपालिका–१ का अर्जुन अधिकारीको भाँडाकुँडा, लत्ताकपडा, अन्नपात, गरगहना लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो स्थानीयवासी, नेपाली सेना र प्रहरीको सक्रियतामा करिब दुई घण्टा पछि मात्र नियन्त्रणमा लिएका थिए । आगो निभाउनका लागी म्याङ्लुङ नगरपालिकाको दमकलका दक्ष जनशक्ति अभाव साथै ढिला आएका कारण घर जोगाउन नसकिएको स्थानीयको बुझाइ रहेको छ । आगो नियन्त्रणको क्रममा अर्को १ घरमा समेत क्षति भएको प्रहरीले जनाएको छ ।


घरमा श्राद्ध रहेको र सेल रोटी पकाउने क्रममा ग्याँस लिक भई आगलागी सुरु भएको स्थानीयवासीले बताएका छन् । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले बताएका छन् । 


यस अघि २०५९ सालमा ८५ घर र २०७० सालमा ८ घर आगलागीको कारण जलेर नष्ट हुँदा सयौँ परिवार विस्थापित भएका थिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP