प्रेस चौतारी इटहरी उपमहानगर अध्यक्षमा निरौला चयन

दिप खबर
फाल्गुन २, २०७८

प्रेस चौतारी नेपाल इटहरी उपमहानगर कमिटीको तेस्रो अधिवेशनले रेवती निरौलाको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ ।कमिटीको उपाध्यक्षमा शैलेन्द्र चौधरी र सिमा बस्नेत, सचिव शंकर खत्री उपसचिवमा पारस सुवेदी, खगेन्द्र बि क र कोषाध्यक्षमा रोजीना खतिवडा रहेका छन् ।

सदस्यहरुमा मिलनजजन राई ,सुरेश बस्नेत , सुजता घिमीरे , आशिष चौधरी , तारा भट्टराई र मनोज अधिकारी चयन भएका छन । निर्वतमान अध्यक्ष त्रिलोचन पौडेलको अध्यक्षता तथा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष लिलाराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा एरिना टेलिभिजनकी रञ्जना पौडेल र हिमशिखर टेलिभिजनका पारस सुवेदीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष भट्टरार्इ सहित एमाले नेता रामप्रसाद चौलागाई , प्रेस चौतारी सुनसरीका पूर्व अध्यक्ष अग्रज पत्रकार कृष्ण विनोद लम्साल , नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खडका,प्रेस युनियनका उपाध्यक्ष संजिव वाग्लेले सम्बोधन गरेका थिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP