इटहरीकी उपमेयरलाई ५ प्रश्न

दिप खबर
फाल्गुन २, २०७८

१. स्थानीय तहमा निर्वाचित भएर आउँदा देखा परेका प्रमुख ५ समस्याहरु केके हुन् ?

स्थानीय तह आउनु सम्पूर्ण जनता तथा जनप्रतिनिधिहरूको लागी पनि नयाँ अनुभव रहेको थियो । संग संगै सुरुवाती दिनहरूमा पर्याप्त दक्ष जनशक्तिहरूको अभाव पनि भएको थियो ।

प्रमुख प्रशासकीय अधिकृतहरू १५ वर्ष त मेयर सोसरह भएर बसेका उनीहरूले आफ्नो सम्पूर्ण अधिकार त प्रयोग गर्न पाएनन् किनकि उनीहरू जनप्रतिनिधिहरूको मातहतमा बसेर काम गर्नु पर्ने भयो त्यसैले, उनीहरू प्रत्येक ३ महिना देखी ५ महिनामा सरुवा हुने गर्दो थिए, उनीहरुको सरुवा प्रक्रिया पनि सजिलो थियो । जसले गर्दा बजेट कार्यान्वयन हुन ढिलाइ हुने गथ्र्यो ।

सङ्घीय सरकारको सार्वजनिक खरिद नियमावली अन्तर्गत एउटा योजना खरिद गर्थ्यौँ, त्यसको टेन्डर पक्रियामा झण्डै ३ महिनाको समय लाग्छ, त्यसको विस्तृत परियोजना प्रतिवेदन तयार पार्न ३ महिनाको समय लाग्छ । यस्तो कानुनी पक्रिया पुरा गर्न लाग्ने समय पनि ठुलो समस्या रहेको थियो ।

जनप्रतिनिधिहरू जस्तै वडा अध्यक्ष पनि आफ्नो वडामा धेरै बजेट पार्न खोज्ने मानसिकता रहेको देखिन्छ । समग्र इटहरी बासीको लागी सहज हुने कुन ठाउँमा कस्तो विकास निर्माणका कार्यगर्दा उपयुक्त हुन्छ भन्ने सोचाई नराखी आफ्नो वडालाई मात्रै आफ्नो कार्यक्षेत्र मानेर काम गरेको देखिन्छ यो पनि एउटा समस्या नै रहेको छ ।

कोभिड १९ पनि एउटा ठुलो समस्या रहेको थियो । झण्डै २ वर्षको समयाअवधी लकडाउन भयो जसले गर्दा थुप्रै विकास योजनाहरू सञ्चालन गर्न सकिएन । स्वास्थ्य संकट आयो माहामारी भयो हाम्रो कार्यकालमा सबै भन्दा ठुलो समस्या कोभीड महामारी रहेको थियो ।

२. तपाईहरू जनप्रतिनीधी भ​एर आए पछि जनताले के कति सेवा सुविधा पाएका छन ?

पर्याप्त बजेटको अभाव थियो तै पनि सीमित बजेटमा इटहरी उपमहानगरपालिकाको समग्र विकासका लागी बजेट छुट्याएका थियौँ । सोचे जति काम पुरा गर्न नसकिएता पनि धेरै जसो कामहरू सम्पन्न गरेका छौँ । जस अन्तर्गत

ग्रामीण क्षेत्रहरूमा सडक निर्माण गरेका छौँ । विद्यालयहरूमा भवन निर्माण सँगै शैक्षिक सामाग्री पनि वितरण गरिएको छ । धेरैजसो जनताले सोचेका थिएनन् उनीहरूको घरअगिको कच्ची बाटो कालोपत्रे हुन्छ, पर्याप्त शैक्षिक सामाग्री सहितको व्यवस्थित भवनमा आफ्ना बालबच्चा अध्ययन गर्नेछन् भनेर ।

त्यस्तै १४ वडामा आधारभूत स्वास्थ्य संस्था निर्माण भएका छन् । इटहरीको इटहरी हेल्थपोस्ट लाई इटहरी अस्पताल बनाएको छँँौ । पाँच विशेषज्ञ डाक्टर सहित ६० जना माथि कर्मचारी सहितको इटहरी अस्पताल सञ्चालन गरिएको छ । आगामी दिनहरूमा आउने समस्यालाई मध्यनजर गर्दै २३ कोठा भएको ३ तले भवन पनि निर्माणाधीन रहेको छ ।

जनताको लागी न्यायिक समिति स्थानीय तहमा आएकाले साना साना समस्याहरूको लागी अदालत जानुपर्ने, मुद्दा मामिला गर्नु पर्ने, समय सँगसँगै धेरै पैसा खर्चिने समस्या पनि हटेको छ ।

इटहरी उपमहानगरपालिकाका कृषकहरूको खेती किसानी क्षेत्रमा पनि ठुलो टेवा र्पुयाइएको छ । किसानलाई मल, बिउ बिजन, पशु, पावर टिलर प्रदान गरेर कृषि क्षेत्रमा विकास गरिएको र उचित तालीम दिएर कृषकको सिप विकास गराउने पनि कार्य गरिएको हो । साथै किसानले उत्पादन गरेका खाध्यन्य बस्तुको उचित बजार व्यवस्थापन पनि गरिएको छ ।

त्यस्तै ४०० जना महिलाको लागी “उपमेयर आत्मनिर्भर कार्यक्रम” मार्फत घर भित्रको चुलो चौपायामा मात्रै नभएर पारिवारिक क्षेत्रमा आर्थिक टेवा र्पुयाउने गरी विभिन्न किसिमको तालीम दिएर आत्मनिर्भर बनाइएको हो । उनीहरूको लागी कौसी खेतीको तालीम वडा नं ४, ५, ६, ९ र २० मा जम्मा १९ महिला समूह बनाएर सञ्चालन गरिएको हो । जसले परिवारमा सब्जीजन्य बस्तुहरूमा हुने खर्च कम हुने भएकाले आर्थिक बचत पनि हुने गरेको देखिन्छ । उक्त कार्यले महिलाहरू आत्मनिर्भर बन्नका साथै उनीहरूको शारीरिक व्यायाम पनि हुने गरेको छ । 

३. घोषणा पत्रमा उल्लेख गरिएका सम्पुर्ण कामहरु सम्पन्न भएका छन ?

घोषणा पत्रमा ५ वर्षे, १० वर्षे, २० बर्षे योजनाहरु उल्लेख गरीएको थियो । उल्लेख गरिएका सम्पूर्ण कामहरु सम्पन्न गर्न नसकिएता पनि यो ५ वर्षमा गर्न सकिने धेरै जसो कामहरू सम्पन्न भएका छन् । डेढ वर्षको समयावधि कोभिड १९ को कारण खर्चिनु परेकाले घोषण पत्रमा उल्लेख गरे अनुसारको सम्पुर्ण काम हुन सकेकोे थिएन । जसले गर्दा विकास निर्माणका लागी हामी सँग साढे तीन वर्षको समय रहेको थियो । घोषणा पत्रमा उल्लेख गरिएका कार्यहरू कार्यान्वयन पक्रियामा त छन् तर त्यसलाई पूर्णता दीनमा चैँ यी नै समस्या देखिएका थिए ।

४. चाहेर पनि गर्न नसकिएका कार्यहरू के के हुन् ?

हामीले घोषण पत्रमा पनि लेखेका थियौ घरेलु उद्योगग्राम निर्माण गर्ने भनेर , हामीले २ बिघा जमिनमा घरेलु औद्योगिक ग्राम सञ्चालन हुन्छ भनेर सुरुवात र्गयौ । तर त्यही समयमा सङ्घीय सरकारले ७ बिघा जमिन चाहीने कानुन बनायो । ७ बिघा जमिन उपलब्ध गर्न हामीले खोज्यौँ तर जग्गा उपलब्ध हुन सकेन । जसले गर्दा हामीले उक्त योजनालाई पूर्णता दिन सकिएन । यसमा उद्योगधन्दा, व्यवसाय चलाउन आवश्यक जग्गा जमिन नहुने व्यक्तिहरूलाई उचित भाँडामा बिजुली, सडक, खानेपानीको सुविधा भएको जग्गा व्यवस्था गर्ने योजना रहेको थियो । यसले बजार व्यवस्थापनमा पनि ठुलो टेवा र्पुयाउने थियो ।

त्यस्तै खुल्ला पार्क निर्माण गर्ने योजना रहेको थियो । हामीले चिल्ड्रेन पार्क निर्माण गरियो, जनता पार्क निर्माण गरियो तर एउटा ठुलो व्यवस्थित सरकारी पार्क बनाउने, गाउँ क्षेत्रमा ७ वटा जती पार्क बनाउने जस्ता योजना थियो जुन चाहेर पनि पुरा गर्न सकिएन ।

५. अबको योजना के रहेको छ ?

यस वर्षका सम्पन्न हुन बाँकी योजनाहरू कार्यान्वयन गर्दै छौँ । ५ वर्ष बिचमा कति काम गरेका छौँ, यसको अन्तिम समीक्षा तयार गर्दै छौँ । हरेक क्षेत्रमा के कति काम भए र कति काम हुन बाँकी रहेको उक्त कुराको अन्तिम विवरण तयार गर्दै छौँ । अन्तिममा सम्पूर्ण विवरण सङ्कलन गरी पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने योजना रहेको छ ।

अन्तिममा भन्नु पर्दा यो कार्यकालमा सम्पन्न हुन नसकेका योजनाहरू छन्, जुन भख्खरै शिलान्यास मात्रै हुँदै गएका छन् । ती योजनाहरू हामीले पुरा गर्नु छ । ती गर्न बाँकी रहेका सम्पूर्ण विकासका कार्यहरू सम्पन्न गर्न जनताले फेरी नेकपा एमालेलाई नै भोट दिनुहुन अनुरोध गर्दछु । त्यस्तै टिकट दीने सन्दर्भमा पार्टीले टिकट दीने हो, यसको पनि प्रक्रिया हुन्छ, जसले टिकट पाए पनि उसैलाई जिताउनु पर्छ तर म आफू उपमेयर भएका नाताले आफ्ना अधुरा रहेको विकास निर्माणका योजनाहरू पुरा गर्न जनप्रतिनिधि हुने इच्छा रहेको छ । मैले गरेका कार्यहरू, मेरो खटाई लाई धेरै जसो जनताहरूले रुचाएका कारण आगामी दिनमा नेकपा एमालेबाट फेरी इटहरी प्रमुखको जिम्मेवारी पाउँ भन्ने आस जनता र पार्टीबाट राखेकी छु ।

लक्ष्मी गौतम इटहरी उपमाकी उपमेयर हुनुहुन्छ उहालाई दिपखबरले ५ बर्षे कार्यकाल ५ प्रश्न कार्यक्रम अनुरुप दिपखबरका संवाददाता एलिना कटुवाल र विश्व भट्टराईले तयार पारेको अन्तर्वाता ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP