धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहराले स्वीकृति पाउने बित्तिकै आइपिओ जारी गर्ने गरी तयारी गरिएको जानकारी दिए । उनकाअनुसार संस्थाले सर्वसाधारणका लागि जारी गर्नु पर्ने तीन लाख कित्ता आइपिओ जारी गर्नेछ । आइपिओ जारी गर्न यसअघि नै संस्थाले सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP