बसले ठक्कर दिँदा कलङ्कीमा एक ट्राफिक घाइते भएका छन् । आरएनएसीबाट मच्छेगाउँ जाँदै गरेको बा ४ ख १२३३ नम्बरको बसले डिउटीमै रहेका ट्राफिक राजेन्द्र कुवरलाई ठक्कर दिएको हो । ठक्करबाट घाइते ट्राफिकको टाउकोमा चोट लागेको बसमा सवार बताएका छन् । बसले ओभरट्याक गर्ने क्रममा ट्राफिकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइते ट्राफिक प्रहरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ठक्कर दिन बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरीले बताएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP