झापामा मोबाइल बिगारेको निउमा आफ्नै श्रीमतीको हत्या

फाल्गुन २, २०७८

श्रीमतीको हत्या गरेको आरोपमा झापाको भद्रपुर नगरपालिका–१ लाहुरे चोक बस्ने ३४ वर्षीय अमर बहादुर तामाङ सोमबार बिहान पक्राउ परेका छन् । ३४ बर्सिया श्रीमती अनिता लिम्बुलाई धारिलो हतियार चक्कु र ढुङ्गा प्रहार गरी उनले हत्या गरेको प्रहरीले जनाएको छ । मोबाइल बिगारेको विषयमा अमर बहादुरले आफ्नै श्रीमतीको हत्या गरी आफैँ सीमा प्रहरी चौकी पृथ्वीनगरमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP