झापामा २४ बर्सिया युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

फाल्गुन २, २०७८

झापामा प्रहरीले बलात्कारको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-१० माईधार बस्ने २४ वर्षीय निकेश दाहाल रहेका छन् । उनले २४ बर्सिया एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार राति प्रहरीले पक्राउ गरेको हो । निकेशले ती युवतीलाई शिवसताक्षी नगरपालिका-९ सङ्गम चोकस्थित जङ्गलमा लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP