नेपाली बजारमा साताको दोस्रो दिन आज (सोमबार) सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलाको ९५ हजार पाँच सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९५ हजार पाँच सय रुपैयाँमै कारोबार भएको थियो । तेजाबी सुन आज तोलाको ९५ हजारमा कारोबार भइरहेको छ ।
चाँदी पनि आइतबारकै मूल्य एक हजार ३०० रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP