चीनमा एउटा बसमा भएको विस्फोटमा परी एकको मृत्यु, ४२ घाइते

फाल्गुन २, २०७८

उत्तर पूर्वी चीनमा सार्वजनिक बसमा भएको विस्फोटमा परी एक जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिस घाइते भएका छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार राजधानी बेइजिङमा विन्टर ओलम्पिक भइरहेका बेला लिआओनिङ प्रान्तको राजधानी सेन्याङमा विस्फोटको घटना भएपछि चिनियाँ अधिकारीहरूले  गम्भीर अनुसन्धान थालेका छन् ।

गत शनिवार साँझ भएको विस्फोटका कारण बसका सिसा फुटेका छन् । प्रत्यक्षदर्शीले बसमा आगो भने नलागेको बताएका छन् । प्रहरीले विस्फोटको कारण के हो भन्नेबारे जानकारी दिएको छैन । विस्फोटमा परी घाइते भएका ४२ मध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP