कुरानको अपमान गरेको भन्दै पाकिस्तानमा एक व्यक्तिलाई ढुङ्गाले हानेर हत्या

फाल्गुन २, २०७८

कुरानको अपमान गरेको भन्दै पाकिस्तानमा एउटा व्यक्तिलाई ढुङ्गाले हानेर हत्या गरिएको छ । पन्जाबको खानेवाल जिल्लाको एक गाउँमा एउटा समूहले उनको पाशविक हत्या गरेको हो । एक जना मानिसले कुरानका पेजहरू च्यातेको र आगो लगाएको हल्ला चलेपछि माघरिब प्रार्थनापछि सयौँ स्थानीय जङ्गल डेरा गाउँमा भेला भएका थिए ।


लगत्तै केही समयपछि एक व्यक्तिको शव रुखमा झुन्डाइएको थियो । पाकिस्तानी समाचार संस्था डनका अनुसार ती व्यक्तिले आफूले निर्दोष भएको बताएका थिए, तर कसैले सुनेनन् । ती व्यक्तिलाई ढुङ्गा प्रहार गर्नुअघि प्रहरीको एउटा समूह घटनास्थल पुगेको थियो । प्रहरीले तत्काल ती व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । तर, एउटा भिडले उनलाई प्रहरीबाट लक्षारेर आफ्नो नियन्त्रणमा लिएको थियो । पाकिस्तानमा यस्ता किसिमका घटना बारम्बार हुने गरेका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP