झापामा कटुवा पेस्तोल सहीत एक युवक पक्राउ

फाल्गुन २, २०७८

झापामा कटुवा पेस्तोल बोक्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुर नगरपालिका–६ नयाँ बस्तीबाट सोही ठाउँका २४ वर्षीय मुगालाल माझीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई बिशेष सूचनाका आधारमा प्रहरीले घरैबाट समातेको बताएको छ ।

हातहतियार राखेको सूचनाका आधारमा माझीको घर पुगेको प्रहरी टोलीले खोजतलास क्रममा कटुवा पेस्तोल भेट्टाएको हो । हाल उनीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP