मोरङमा दाउराले हानेर छोराले आफ्नी ७० बर्सिया आमाको हत्या

फाल्गुन २, २०७८

चिर्पट दाउराले हानेर मोरङको उर्लाबारीमा एक जना व्यक्तिले वृद्धा आमाको हत्या गरेका छन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार उर्लाबारी नगरपालिका–४ का ३५ वर्षीय गङ्गाप्रसाद भण्डारीले घरायसी विवादका क्रममा चिर्पटले प्रहार गरेर ७० बर्सिया आमा चन्द्रमाया भण्डारीको हत्या गरेका हुन् । आमाको हत्यामा संलग्न भण्डारीलाई आइतबार राति इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोलीले पक्राउ गरेको छ । 


उनले पारिवारिक विवाद कस्तो खालको हो भन्ने खुल्न बाँकी रहेको बताए । डिएसपी श्रेष्ठका अनुसार हाउभाउ र व्यवहारले गङ्गाप्रसाद मानसिक बिरामी रहेको हुनसक्ने आशङ्का गरिएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP