व्यवसायी श्रवणकुमार अग्रवालमाथि ज्यानमारा आक्रमण

फाल्गुन १, २०७८

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर १ का कार्यकारिणी सदस्य एवं व्यवसायी श्रवणकुमार अग्रवालमाथि आक्रमण भएको छ । कारोबारको क्रममा विराटनगर बजारतर्फ जाने क्रममा अग्रवाललाई बाटोमा रोकी ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको महासङ्घ प्रदेश समिति अध्यक्ष टीकाराज ढकालले बताए । अग्रवाललाई शनिवार पवन शर्मा नामका व्यक्तिले आक्रमण गरी घाइते बनाएको महासङ्घ प्रदेश १ समितिले जनाएको छ ।


अग्रवालको मुखभित्र ठुलो चोट लागेको छ । दोषी पक्राउ गर्न तथा कारबाही गर्न पनि महासङ्घले माग गरेको छ । यसैबिच श्रवणका भाइ राजु अग्रवालले आक्रमणकारी शर्माविरुद्ध ज्यान मार्ने उद्योगमा कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएका छन् । घटनापछि फरार रहेका शर्माको खोजीसँगै अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ । अग्रवाल उपचार पञ्चात घर फर्किएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP