भेरी अस्पतालमा कोरोना सङ्क्रमणका कारण २३ वर्षीय युवकको मृत्यु   

फाल्गुन १, २०७८

नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत बाँकेका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । खजुरा गाउँपालिका–२ निवासी २३ वर्षीय युवकको आज बिहान भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिएका छन् ।  


तेज वलीका अनुसार ती युवकले कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएका थिए । हिजो शनिवार पनि नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका–९ बाँकेगाउँ निवासी ८४ वर्षीय पुरुष र भेरी गङ्गा नगरपालिका–३ सुर्खेत निवासी ९० वर्षीय पुरुष को सङ्क्रमणका कारण मृत्यु भएको थियो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP