एक घर सहित तीन वटा पसलमा आगलागी हुँदा, अनुमानित ८४ लाखको क्षति

फाल्गुन १, २०७८

उदयपुरको त्रियुगा नगरपालिका–१२ त्रियुगा बसपार्क नजिक विद्युत् सर्ट भई आगलागी हुँदा एक घर सहित तीन वटा पसल जलेर नष्ट भएको छ । बाबुराजा प्रजापतिको घर र त्यसमा रहेका तीन वटा पसल जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

प्रजापतिको घरमा पसल गर्ने मदन साहको किराना पसल, जनक मगरको स्टिकर पसल र सरोज रेग्मीको मोटर पार्टस पसल जलेर नष्ट भएको प्रहरीले जनाएको हो । आगलागीबाट साहको ४० लाख, मगरको ११ लाख, रेग्मीको २५ लाख र प्रजापतिको आठ लाख गरी ८४ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । 


आइतबार बिहान करिब १ः३० बजेको समयमा आगलागी भएको खबर लगत्तै खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । आगो नियन्त्रणमा त्रियुगा, चौदण्डिगढी नगरपालिका र रौतामाई गाउँपालिकाको दमकल प्रयोग भएको प्रहरीले बताएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP