विद्यालय खुलेकै दिन स्कुल बसको दुर्घटना…

दिप खबर
फाल्गुन १, २०७८

रुपन्देहीमा झन्डै १ महिना पछि विद्यालय खुलेकै दिन स्कुल बस दुर्घटना हुँदा १० जना विद्यार्थी घाइते भएका छन् । बुटवल उपमहानगरपालिका–४, एभरेस्ट इङ्लिस बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस दुर्घटना भएको हो । 


ज्योतिनगरको ओरालोमा गाडीको ब्रेक फेल भएर गाडी दुर्घटना भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । चालक कृष्ण पुनले गाडीमा ब्रेक नलागेपछि बसलाई रुखमा ठोक्काएर विद्यार्थी बचाएको स्थानीय प्रत्यक्षदर्शीले बताए । बस विद्यार्थी लिएर विद्यालयतर्फ आउँदै थियो । 


घाइते सबै विद्यार्थीको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP