फागुन महिनाको पहिलो दिन सुन प्रतितोला १५ सय रुपैयाँले बढ्यो

फाल्गुन १, २०७८

फागुन महिनाको पहिलो दिन आज आइतबार सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम छ । गत साताको शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो । 

यसै गरी, आज सुनसँगै चाँदीको कारोबार मूल्य पनि बढेको छ । आज आज चाँदीको कारोबार मूल्य १३ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य आज २० रुपैयाँले बढेको हो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP