इटहरीमा आएर कमल थापाले भने, अब नयाँ पार्टी खोल्छु

दिप खबर
माघ २८, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका पूर्व अध्यक्ष कमल थापाले अब आफू नयाँ पार्टीको तयारीमा लागेको बताएका छन् । सुनसरीको इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले पार्टीमा फरक व्यक्तिले नेतृत्व सम्हाले देखि नै पार्टीको भावना र मर्म विपरीत कार्य गर्ने, पार्टी सुधारका लागि अध्यक्षलाई पटक-पटक आग्रह गर्दा पनि कुनै मागको सम्बोधन नभएपछि त्यही पार्टीमा बस्न नसक्ने अवस्था आएको समेत बताए । उनले फागुनको पहिलो हप्ता भित्र नै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएर चुनावको लाग्ने समेत बताएका छन् ।
उनले पार्टीको आन्तरिक चुनावमा निर्मल निवासको रिमोर्ट चल्न थालेको समेत आरोप लगाए । नयाँ पार्टी बनाएर कतै एमालेमा विलय हुने त हैन भन्ने प्रश्नमा उनले यो हुनै नसक्ने र त्यता तर्फ कुनै सोच भएको समेत बताएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP