वैशाखमा हुने चुनावमा राप्रपा एक्लै लड्छ :अध्यक्ष राजेन्द्र लिङ्देन

दिप खबर
माघ २८, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाखमा हुने चुनावमा एक्लै जनतामाझ जाने बताएका छन् । सुनसरीको इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले पार्टीको स्पष्ट विचार, सिद्धान्त लिएर चुनाव जित्ने बताए । गठबन्धन गरेर धेरै सङ्ख्यामा जित्नु भन्दा सीमित ठाउँमा जितेर नमुना काम गरेर जनतालाई विश्वास दिलाउने उद्घोष गरे । अहिले जुनसुकै पार्टी कसैन कसै सँग गठबन्धन गरेर चुनावमा जाने भए पनि राप्रपा पार्टी त्यस्तो हतारमा नरहेको समेत उनले उल्लेख गरे ।
फरक प्रसङ्गमा उनले पूर्व पार्टी अध्यक्ष कमल थापाले देशभरका ४ हजार बढी पार्टी महाधिवेशन प्रतिनिधिले प्रत्यक्ष भोट हालेर नयाँ नेतृत्व छान्नुलाई निर्मल निवासको हस्तक्षेप भन्नु दुखद भएको समेत बताए । पार्टीमा भएको सामान्य विवादलाई मिलाउनुको सट्टा पार्टी नै छोड्नु गलत रहेको समेत उनको भनाई थियो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP