पछिल्लो २४ घन्टामा १ हजार १२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २० हजार ९८९ जनाको कोरोना परीक्षण गर्दा १ हजार १२८ जनामा कोरोना संक्रमण देखिएको हो । आरटी (पीसीआर) परीक्षणबाट ६६६ जना र एन्टीजेन परिक्षणबाट ४६२ जनामा कोरोना संक्रमण पहिचान भएको हो । त्यसैगरि पछिल्लो २४ घन्टामा २ हजार २१५ जना संक्रमण मुक्त भएका छन् । यससँगै सक्रिय संकमितको संख्या २७ हजार ४४१ पुगेको छ ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप १४ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ११ हजार ८७८ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ लाख ४५ हजार २६५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP