दक्षिणकाली मन्दिर नजिकै घाइते अवस्थामा भेटिएका व्यक्तिको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले एक जोगीलाई पक्राउ गरेको छ । बिहीबार साँझ उद्धार गरिएका अन्दाजी ४०(४५ वर्षका पुरुषको उपचारको क्रममा शुक्रवार वीर अस्पतालमा मृत्यु भएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए । दाउरा र बाँसले टाउकोमा हानेर गम्भीर घाइते अवस्थामा भेटिएका उनको पहिचान भने खुलेको छैन ।
हत्यामा संलग्न आशङ्कामा प्रहरीले दक्षिणकाली मन्दिर परिसरमा बस्दै आएका शिव गिरी ‘अघोरी’ भन्ने जोगीलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP