दूधको मूल्य लिटरमा १० रुपैयाँ वृद्धि गर्ने घोषणा

माघ २८, २०७८


निजी क्षेत्रका दूध उद्योग (डेरी)हरुले दूधको मूल्य लिटरमा १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन् । शुक्रवार नेपाल डेरी एसोसिएसन र डेरी उद्योग सङ्घले संयुक्त पत्रकार सम्मेलन गर्दै दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ कायम गरेको जानकारी दिएको हो । 


सरकारी स्वामित्वको डीडीसीले वृद्धि गरेको दूधको मूल्य नस्विकार्ने भएपछि निजी क्षेत्रका दूध उद्योगले नयाँ मूल्य घोषणा गरेको डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले बताए । यसअघि प्रशोधित दूधको प्रतिलिटर बजार मूल्य ७६ रुपैयाँ थियो भने ५०० एमएलको एक प्याकेटको मूल्य ३८ रुपैयाँ थियो । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP