स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले फागुन १ देखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने बताएका छन् । कार्यकाल सम्हालेको १२५ दिनमा मन्त्रालयमा भएको प्रगतिबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै उनले उक्त कुरा बताएका हुन् । ‘बिहीबार बसेको खोप सल्लाहकार समितिको निर्णय अनुसार १८ वर्ष उमेर पुगेका सबै नागरिक र दोस्रो डोज लगाएको ६ महिना पुगेकोलाई बुस्टर डोज लगाउन दिने निर्णय भएको छ ’, पत्रकार सम्मेलनमा उनले भनेका छन् ,‘फागुन १ देखि सबै नागरिकले बुस्टर डोज लगाउन सक्नुहुन्छ।’
यसै गरी, उनले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई समेत खोप प्रदान गर्न खोप उपलब्धताको लागि पत्राचार भइसकेको र सुनिश्चितता भइसकेको उनले बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP