स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप नहराएको दाबी गरेका छन् । उनले उक्त खोपको तथ्याङ्क आउन मात्रै बाँकी रहेको बताएका छन् । मन्त्री खतिवडाले आज पत्रकार सम्मेलनमार्फत २४ लाख डोज लक्षित नागरिकसम्मै पुगेको तर स्थानीय तहहरूबाट त्यसको विवरण आइपुग्न बाँकी रहेको जिकिर गरे । २४ लाख डोज खोपको तथ्याङ्क छानबिनका लागि बनेको समितिले दिइएको डेडलाइनमा नै खोपको प्रकार र विवरण अनुसारको प्रतिवेदन बुझाउने उनको विश्वास रहेको छ ।
बुस्टर डोजको रूपमा लक्षित समूह बाहिरकाले खोप लगाएको र त्यसको विवरण नराखिएकोबारे मन्त्री खतिवडाले भने, “खोप पर्याप्त उपलब्ध भएका कारण केही समूहले बुस्टरको रूपमा पनि बढी खोप लिएको हुनसक्छ ।”
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP