नेकपा (एमाले)का नेता तथा पूर्व उपप्रधानमन्त्री डा.भीमबहादुर रावलले नेपाली काँग्रेसले देशका उद्योगधन्दा खत्तम गरी परनिर्भरता बढाएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले यस्तो टिप्पणी गरेका छन् ।
उनको ट्विटरमा लेखिएको छ ……..
नेपाली काँग्रेसले १९५० को सन्धिको समर्थन, कोसी, गण्डकी र महाकाली सम्झौता गरी राष्ट्रिय स्वाधीनता र हितमा गरेको आघातको इतिहासलाई राष्ट्रघाती प्रावधान रहेको एमसीसी सम्झौताको समर्थन गरी फेरी बल्झाउँदै छ । उदारवादको हल्ला चलाई देशका उद्योगधन्दा खतम गरी परनिर्भरता बढाउने पनि काँग्रेसै हो ।
त्यस्तै,…….
नेपालको स्वाधीनता, स्वतन्त्रता र हित विपरीतका एमसीसीका प्रावधानहरू प्रति आँखा चिम्लेर विदेशी स्वार्थ र दबाबका सामु आत्मसमर्पण गर्नु देश र जनताप्रतिको गद्दारी र राष्ट्रलाई पराधीन तुल्याउने बाटोमा धकेल्ने अपराध हो । यस्तो अपराध नेपालीको नेता हुँ भन्नेले गर्न मिल्दैन ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP