सुनको मूल्य साताको अन्तिम दिन शुक्रवार पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य १ सय रुपैयाँ बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको हो । बिहीबारको लागि छापावाल सुन तोलामा ९३ हजार नौ सय रुपैयाँ कायम भएको थियो । यो साताको सोमबार एक सय रुपैयाँ, मङ्गलवार ५ सय रुपैयाँ, बुधवार तीन रुपैयाँ र बिहीबार ५ सय रुपैयाँले सुनको मूल्य बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य तोलामा ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रवार चाँदीको मूल्य स्थिर रहेको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज चाँदी बिहीबारकै मूल्य १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP