ललितपुरस्थित सुनकोठीबाट चोरी भएको बालकुमारीको मूर्ति हात्तिवनमा भेटिएको छ । ललितपुर महानगरपालिका–१५ हात्तिवन गैरिगाउँमा मूर्ति भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले बताएका छन् । हात्तिवनस्थित करुणा मन्दिर नजिक स्थानीयले शङ्कास्पद बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए । बोरो खोलेर हेर्दा चोरी भएको मूर्ति भेटिएको हो । उक्त मूर्तिबारे सूचना दिनेलाई सुनाकोठीको गुठीले पाँच लाख रुपैयाँ पुरस्कार दिने समेत घोषणा गरेको थियो । कसले चोरी गरेर मूर्ति बोरामा हालेर फाल्यो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP