जुत्ता पसल भएको घरमा आगलागी हुँदा बालबालिका सहित ५ जनाको मृत्यु

माघ २८, २०७८

दाङको तुलसीपुर बजारमा रहेको एक जुत्ता पसल भएकोको गोदाम घरमा आगलागी हुँदा बालबालिका सहित ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ वर्षका अविजदिन अलि, अन्दाजी १२ वर्षका साजीता खातुन, १४ वर्षका हसन वकस, १६ वर्षका मसीन वकस, र ४२ वर्षका नजरदिन अलि रहेको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । उद्धारको प्रयास गर्ने क्रममा अमर डाँगी घाइते भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । मृतकहरूको शव पोस्टमार्टम लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।


तुलसीपुर उपमहानगरपालिका–५ स्थित इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा करिब राती दुई बजेतिर आगलागी भएको थियो । तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले बिहानीपख नियन्त्रणमा लिएपछि मृतकहरूको शव निकालिएको हो । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले आंशका गरेको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP