अर्काको बच्चालाई चोरेर भाग्दै गरेको आरोपमा दुई महिला पक्राउ

माघ २७, २०७८

जनकपुरधाममा अर्काको बच्चालाई चोरेर भाग्दै गरेको आरोपमा धनुषाबाट दुई महिला पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका-६ बस्ने अमीर राइनका सात महिनाका छोरा अख्तर राइनलाई चोरी गरेर भाग्दै गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी जनाएको छ । पक्राउ परेकाहरूको नाम भने प्रहरीले खुलाएको छैन । उनीहरूलाई जनकपुरधाम उपमहानगरपालिका-१९ बेंगास्थित चौरीबाट पक्राउ गरिएको प्रहरीको बताएको छ । आज पक्राउ परेका महिलाको नाम पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने आयोजना रहेको प्रहरीले बताएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP