नेपाली काँग्रेसले सूचना विभागको प्रेस पास बाहक पत्रकारलाई पार्टी कार्यालय प्रवेशमा रोक लगाएको छ । काँग्रेसको पार्टी कार्यालय सानेपामा बसिरहेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकको समाचार सङ्कलन गर्न गएका पत्रकारलाई सुरक्षाकर्मी खटाएर गेट बाहिरै रोकेका छन् ।
बैठक बसेको पार्टी कार्यालयमा नेपाल विद्यार्थी सङ्घका नेता कार्यकर्ताले धर्ना र प्रदर्शन गरेका छन् । म्याद सकिएका भातृ एवं शुभेच्छुक संस्था र अधिवेशन हुन बाँकी जिल्लाको विषयमा छलफल गर्न बैठक बसेको हो ।
धर्ना र प्रदर्शन भएपछि सुरक्षाकर्मीले माथिको आदेश भन्दै समाचार सङ्कलन गर्न पत्रकारलाई रोक लगाएका छन् । प्रदर्शन र प्रधानमन्त्री शेरबहादुर देउवाको आगमनमा हुनसक्ने अवरोधलाई ख्याल गर्दै सानेपाको सुरक्षा व्यवस्था कडा पारिएको एक सुरक्षा अधिकारीले बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP