डिसहोम फाइबरनेटको ६ सय एमबीपिएस स्पिड भएको इन्टरनेट

माघ २७, २०७८


डिसहोम फाइबरनेटले ६ सय एमबीपिएस स्पिड भएको मेगा–फाई इन्टरनेट प्रदान गर्ने भएको छ । नेपालमै पहिलो पटक नयाँ टेक्नोलोजीको वाई फाई ६ राउटर र मेस नोडमार्फत ग्राहकहरूले हाई स्पिड इन्टरनेटको सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।


डिसहोमले ल्याएको वाई फाई ६ राउटर अहिले बजारमा पाइने राउटरभन्दा ४ गुणा बढी स्पिडमा चल्न सक्ने कम्पनीले दाबी गरेको छ । कृत्रिम इन्टेलिजेन्स, गिगावट पहुँच, दुई ब्यान्ड स्मार्ट स्टीयरिङ, सिमलेस रोमिङ, मल्टी लेभल प्रोटेक्सन र मास नेटवर्किङ जस्ता विशेषताहरू वाई फाई ६ राउटरमा रहेको कम्पनीले बताएको छ । डिसहोमले हाइस्पीड इन्टरनेट प्रयोगकर्ताहरूका लागि ३ सय र ६ सय एमबीपिएस स्पिडको इन्टरनेट प्याकेज ल्याएको हो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP