मुगुका सांसद मोहन बानियाँ विरुद्ध जुम्लाकी एक महिलाले बलात्कार गरेको आरोप लगाएकी छिन् । बनियाँले जुम्लाकी महिलासँग २५ लाख रुपैयाँ लिएका महीलाले बताइन । उक्त पैसा फिर्ता गर्न महिलालाई बनियाँले नेपालगन्जमा स्थित अप्सरा होटेलमा बोलाएका थिए ।
उक्त होटेलमा पहिले चेक दिएको र बलात्कारपछि चेक खोस्न खोजेको पीडितको आरोप रहेको छ । होटेलमा उनीहरूको बिचमा चेक तानातान भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । शिक्षिका समेत रहेकी पीडित महिला माओवादी निकट हुन् । बलात्कारको आरोपमा महिलाले दिएको जाहेरी दर्ता गरिने जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसूदन न्यौपानेले बताएका छन् । बाँकी अनुसन्धान भइरहेको न्यौपानेले बताएका छन् ।
Copyright © 2022, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP